हेटौंडा – जन्ती बोकेको ट्याक्टर दुर्घटना हुँदा मकवानपुरमा आइतबार एक जनाको ज्यान गएको छ । दुर्घटनामा अन्य २१ जना घाइते भएका छन्।
धरान–चतना(मदन भण्डारी मार्ग) सडकखण्ड अन्तर्गत बागमती गाउँपालिका–७ मा जन्ती बोकेको ना ८ त ८०७३ नम्बरको ट्याक्टर दुर्घटना हुँदा सोही वडा पाथीभारा निवासी अन्दाजी १६ वर्षीया सलिना राईको ज्यान गएको हो। उनको उपचारको लागि हेटौंडा अस्पताल ल्याइएको डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक टेक बहादुर कार्कीले बताए ।
बागमती गाउँपालिका–९ बेतिनीबाट सिन्धुलीतर्फ जन्ती बोकेर जाँदै गरेको ट्याक्टर आफैँ अनियन्त्रित भइ दुर्घटना भएको प्रवक्ता कार्कीले जानकारी दिए। उनका अनुसार ट्याक्टरमा सवार २१ घाइते भएका छन् भने ६ जनाको अवस्था गम्भीर रहेको छ । उनीहरुको हेटौंडा अस्पतालमा उपचारको ल्याइएको उनले बताए ।
सांकेतिक तस्बिर