प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

ट्याक्टरबाट खसेर एक युवकको मृत्यु

२०७९ माघ १४, शनिबार १४:०० बजे

हेटौंडा – पर्साको जिरा भवानी गाउँपालिका १ चम्रीमा ट्याक्टरबाट खसेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साकै जगरनाथपुर गाउँपालिका ५ का २५ वर्षीय विजय मुखिया रहेका छन् ।

नारायणी अस्पतालमा उपचारको क्रममा मुखियाको बेलुकी साढे ८ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । शुक्रबार साढे ७ बजे ना ३ त २२८७ नम्बरको ट्याक्टरबाट खसेका मुखियालाई सोही ट्याक्टरले किचेको थियो । ट्याक्टर सहित चालकलाई जिल्ला प्रहरी कार्यालय पर्साले नियन्त्रणमा लिएको छ ।