हेटौंडा – राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाको टोलीको सहयोगमा मनहरी गाउँपालिका–७ बाट लागूऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा मनहरी गाउँपालिका–७ का ३५ बर्षीय हरि कृष्ण अधिकारी र ३५ वर्षीय कृष्ण राई रहेका छन् ।
उपसेनानी अनिल जिसिको कमाण्डमा खटिएको गस्ति टोलीले प्लास्टिकको ३ वटा बोरामा ३८ केजी लागूऔषध गाँजासहित अधिकारी र राईलाई पक्राउ गरेको हो । गाँजा सहित पक्राउ परेकाहरुको अनुसंधान भइरहेको प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।