प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

अमेरिकी डलर देखाएर श्रृङ्खलाबद्ध रुपमा ठगी, तामाङ द्वय पक्राउ

२०७९ भाद्र ७, मंगलबार १३:३९ बजे

हेटौंडा – अमेरिकी डलर देखाएर श्रृङ्खलाबद्ध रुपमा ठगी गर्नेलाई प्रहरीले पक्राउ गरेको छ । सस्तो दरमा अमेरिकी डलर साटिदिने प्रलोभनमा पारी उपत्यकाका विभिन्न स्थानमा श्रङ्खलाबद्ध रुपमा ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–३ थला डाँडा घर भई काठमाडौं बौद्ध आरुबारी बस्ने समिर भन्ने ३२ वर्षीय संजय तामाङ र ललितपुर धापासीहाइट बस्ने ३१ वर्षीय विष्णु तामाङ रहेका छन् ।

घटनाको अनुसन्धानको क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले १५ लाख रुपैयाँ बराबरको अमेरिकि डलर साट्न लागेको अवस्थामा फेला पारी काठमाडौं टोखा नगरपालिकास्थित युनिक कोलोनीबाट उनीहरूलाई पक्राउ गरेको हो ।

अनुसन्धानको क्रममा उनीहरूले पीडित व्यक्तिहरूलाई पटकपटक फोन मार्फत सम्पर्क गरी अवैध अमेरिकी डलर रहेको र सस्तो दररेटमा साटिदिन प्रलोभनमा पार्ने गरेको, १ र ५० दरका अमेरिकि डलर देखाएर सटही गर्ने बहानामा पैसा लिएर उपत्यकाका बिभिन्न स्थानमा बोलाएर लाखौं रुपैयाँ लुटपाट गरेको खुल्न आएको प्रहरीले जनाएको छ ।

उनीहरूलाई ठगी एवं विदेशी विनियम ऐन अन्तर्गत मुद्दामा थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागि प्रहरी वृत्त बौद्ध पठाइएको छ ।