प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

हेटौंडा १५ मा एमालेको उम्मेद्वार छनौट, अध्यक्षमा मोक्तान

२०७८ चैत्र २४, बिहीबार १४:०५ बजे

हेटौंडा – आगामी स्थानीय तहको निर्वाचनका लागि एमालले हेटौंडा उपमहानगरपालिका वडा नंबर १५ बाट जिल्ला सचिवालय सदस्य एवम् नगर ईन्चार्ज सुनिल मोक्तान वडाध्यक्षको उम्मेद्वार चयन भएका छन् ।

नेकपा एमाले हेटौँडा उपमहानगरपालिका वडा नंबर १५ को बैठकले मोक्तानलाई वडाध्यक्षमा सर्वसम्मत चयन गरेको हो । बैठकले वडासदस्य खुल्लातर्फ सिंह बहादुर लो, राजेन्द्र तितुङ, महिलातर्फ पताली माया गोम्बा र दलित महिलातर्फ मिनु बिस्वकर्मा उम्मेद्वार छनौट भएका छन् ।