प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

मकवानपुर चेम्बर अफ कमर्शको अध्यक्षमा न्यौपाने

२०७८ चैत्र २, बुधबार ०६:०४ बजे

हेटौंडा – मकवानपुर चेम्बर अफ कमर्शको अध्यक्षमा माधव न्यौपाने निर्विराध निर्वाचित भएका छन् । हेटौंडामा बुधवार भएको पहिलो अधिवेशनबाट न्यौपाने निर्विराध निर्वाचित भएका हुन् । उद्योग बाणिज्य क्षेत्रमा अनुभवि ब्यक्तित्व न्यौपानेलाई केन्द्रीय सदस्य राई र प्रदेश अध्यक्ष श्रेष्ठले टिका तथा लगाएर पदस्थापना गराएका थिए ।

संस्थाको उपाध्यक्षमा कविन सांगामी, महासचिवमा रबिन्द्र घिमिरे, सचिवमा शेखर थपलिया, कोषाध्यक्षमा शम्भु पुडासैनी सह–कोषाध्यक्षमा बिबेक भण्डारी सर्वसम्मत चयन भएका छन् भने सदस्यहरुमा सञ्जय गुप्ता, शर्मिला श्रेष्ठ, पारसमणि थिङ, सन्तोष खतिवडा, हरिशरण सुवेदी, गंगाप्रसाद पौडेल, राजेश अग्रवाल, शुशान्त खतिवडा, शिवनारायण श्रेष्ठ र लक्ष्मी नारायण श्रेष्ठ चयन भएका छन् ।

२१ सदस्ययीय कार्यसमिति हरेको संस्थामा १ महिलासहित ३ सदस्यहरु कार्यसमितिको बैठकबाट मनानित हुनेछन् ।