प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

हेटौंडाबाट १६२ किलो लागुऔषध गाँजासहित एक जना पक्राउ

२०८१ कार्तिक २६, सोमबार ०७:०३ बजे

हेटौंडा – हेटौडा उपमहानगरपालिका वडा नंबर– १९ नेवारपानी स्थित पुर्व पश्चिम लोकमार्ग सडकखण्डबाट १६२ किलो लागुऔषध गाँजा सहित १ जना पक्राउ परेका छन् ।

मनहरीबाट हेटौडातर्फ आउदै गरेको प्रदेश ३–०१–०२४ च ६३६१ नंबरको योद्धा पिकअप गाडीलाई रोकी गाडीको चालक काभ्रेपलाञ्चोक धुलिखेल नगरपालिका वडा नंबर–१२ बस्ने २९ वर्षिय किरण वाग्लेलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक स्यामु अर्यालले बताए ।

खानतलासी गर्दा गाडीको पछाडीको भागमा खाली प्लाष्टिकको क्रेटहरू मुनी लुकाई राखिएको अवस्थामा १६२ किलो ५८० ग्राम लागूऔषध गाँजा फेला परेको र उक्त लागूऔषध, योद्धा गाडी सहित निज किरण वाग्लेलाई नियन्त्रणमा लिई मकवानपुर जिल्ला अदालत हेटौडाबाट ४ दिनको म्याद थप अनुमती लिई अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।