मकवानपुर – हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेबाट अवैध लागूऔषध गाँजा करिब १० केजीसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही बागमती नगरपालिका–१२ बस्ने १९ वर्षीय निशान गोले रहेका छन् ।
प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले बिहीबार बिहान हेटौंडाबाट बिराटनगरतर्फ जाँदै गरेको बा.प्र.०३–००१ ख ०४५३ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार गोलेलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।
प्रहरीले बस सवार १ जनालाई आवश्यक अनुसन्धानको लागि नियन्त्रणमा लिएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।