हेटौंडा – मकवानपुरगढी गाउँपालिकाले भाली चैत १३ आइतबार सार्वजानिक विदा दिने निर्णय गरेको छ । गाउँपालिकालाई नेपालको चौथो र बागमती प्रदेशको तेस्रो स्थानीय शासनयुक्त गाउँपालिका घोषणा गरेको सुअवसरमा आईतबार सार्वजनिक विदा दिने निर्णय गरेको हो ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामकुमार पुडासैनीले सुचना जारी गर्दै गाउँपालिका क्षेत्रभर रहेका सरकारी तथा गैरसरकारी संस्थाहरुलाई लागु हुने गरि सार्वजानिक विदा दिइएको जानकारी दिएको हो ।
