प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

मकवानपुर प्रहरीद्वारा प्याज र कपडा बरामद

२०८० पौष ३, मंगलबार १३:०१ बजे

हेटौंडा – मकवानपुर प्रहरीले अवैध प्याज र कपडा बरामद गरेको छ । हेटौंडा उपमहागनरपालिका वडा नं.१५ रातोमाटेबाट १ दशमलव २ टन प्याज र २३ पोका थानको कपडा बरामद गरिएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत सर्लाहीबाट काठमाण्डौ जान आउँदै गरेको म.प्र.०३–००१ च ७७८० नम्बरको बोलेरो गाडीबाट प्याज र रौतहटबाट काठमाण्डौ जान आउँदै गरेको प्रदेश २–०३–००१च ५६९१ नम्बरको योद्धा गाडीबाट कपडा बरामद गरिएको प्रहरीले जनाएको छ ।

उक्त प्याज र कपडाको खरिद बिल नभएको कारण नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उक्त प्याजको बजार मुल्य रु ५५ हजार ८०० र कपडाको रु २ लान ८७ हजार २५७ रहेको छ । उक्त प्याज, कपडा र गाडी प्रहरीको नियन्त्रणमा रहेको छ ।

फाइल तस्वीर