हेटौंडा – बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन निजिकिदै गर्दा हेटौंडा उपमहानगरपालिको वडाहरुमा सरकारको गठबन्धनमा आबद्ध दलहरुको कार्यकर्ताले दादागिरी शैलीमा उत्रिन थालेका छन् ।
गएको चैत ३ गते सरकारको गठबन्धनमा आबद्ध दल नेपाली कांग्रेस,नेकपा माओवादी र एकिकृत समाजवादीका कार्यकर्ताहरुले हेटौंडा ८ नंबर वडा कार्यलयमा तोडफोड गरेका थिए । उनिहरुले वडा अध्यक्ष गोपाल श्रेष्ठको कार्यकक्षको शिसाको टेबल तोडफोड गर्दै,वडा अध्यक्षको कुर्सी कार्यलय बाहिर सडकमा ल्याएर प्रदर्शन गरेका थिए । सोहि घटना आज हेटौंडा १४ नंबर वडामा पनि दोहोरिएको छ ।
निर्वाचन निजिकिदै गर्दा आफुलेको गरेको विकास निर्माणको काम देखेर पराजित मानसिकता बोकेर गठबन्धनका कार्यकर्ताहरु वडा कार्यलय घेराउ गर्न आएको वडा अध्यक्ष दिपक खड्काले बताए ।
प्रेस चौतारी नेपाल,मकवानपुर शाखाले गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष खड्काले निर्वाचन निजिकिदै गर्दा गठबन्धनका नेतृत्वले फेरि पराजित हुने देखेर जनतालाई भ्रमित पार्न वडा कार्यलयमा तालाबन्दी गर्ने उदेश्यले विरोध प्रदर्शन गर्दै वडा कार्यलय घेराउ गर्न आएको बताए । उनले बागमती प्रदेश सरकारको २३ सय टुक्रे योजनामा आफ्नो वडामा ५ वटा योजना परेको र आफुले उपभोक्ता समिति बनाएर काम सुरु गर्ने तयारी रहेकोमा गठबन्धनका कार्यकर्ताहरुले उक्त काम रोक्न वडामा तालाबन्दी गर्न आएको बताए । उनले भने, ‘वडामा प्रदेश सरकारले ५ लाखको दरले ५ वटा टुक्रे योजना छरेको छ । गठबन्धनका कार्यकर्ताहरु हामीले हाल्न लगाएको बजेट हो, हाम्रो सरकार हो भन्दै यहाँ साईन गर्न भन्दै वडा कार्यलयमा तालाबन्दी गर्ने उदेश्यले नारा जुलुस लगाउँदै वडा कार्यलय घेराउ गर्न आए ।’
‘मैले निष्पक्ष ढङ्गले काम गरेको छु । त्यही भर ४ वर्ष १० महिना १५ दिनसम्म चाई उहाँहरुलाई राम्रो भयो दिपक खड्काले विकास गर्या छ भन्न हुने अहिले आएर ५र५ लाखको गरेर ५ वटा योजनाको २५ लाख रुपैयाको बजेट चाई उहाँहरुले के–के न गरेको जसरी असहयोग वातावरण भयो ।’ वडा अध्यक्ष खड्काले भने, ‘म उहाँहरुले जहाँ जहाँ साईन गर भन्यो त्यही त्यही साईन गर्न वडा अध्यक्ष भएको हो ? भोली मेरो साईन भएको कागजातमा भ्रष्टाचार भयो भने को जिम्मेवारी ? उहाँहरुलाई गठबन्धनको सरकारको दम्भ छ ।’
उनले गठबन्धनको कार्यकर्ताहरुको दादागिरी शैलीको सामना गर्न आफु तयार रहेको समेत बताए । उनले भने, ‘भौतिक आक्रमण पनि गर्ने भन्ने कुरा सुनेको छु । उहाँहरुले भौतिक आक्रमण गर्नु भयो भने त्यसको जोखिम उहाँहरुलेनै मोल्नुहुन्छ । उहाँहरु जिम्मेवार हुनुहुन्छ । हामीले समै एकएक मान्छेहरु चिनेका छौ र उहाँहरुले भौतिक आक्रमण गर्ने कुरा गर्नुभाछ,त्यो त गर्न नसक्नुहोला । तर गर्यो भने उहाँहरुनै जिम्मेवार हुन्छ ।’