हेटौंडा – मकवानपुरको इन्द्रसरोबर गाउँपालिका वडा नम्वर २ मा कांग्रेसका उम्मेदवार सुमन श्रेष्ठ विजयी भएका छन् ।अघिल्लो स्थानीय तह निर्वाचनमा पराजित भएका श्रेष्ठ यसपटक ११२० मत प्राप्त गरी विजयी भएका हुन् ।
एमालेका उम्मेदवार वैकुण्ठ थापा मगरलाई ३६२ मतका फराकिलो अन्तरले पराजित गर्दै श्रेष्ठ विजयी भएका हुन् । मगरले ७५८ मत प्राप्त गरेका थिए ।गाउँपालिका वडा नं.२ मा २०६३ मत खसेको थियो ।
यसअघि विंसं.२०७४ को स्थानीय तह निर्वाचनमा एमाले विजयी भएको थियो ।
त्यस्तै गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवारले अग्रता बनाएका छन् भने एमालेका उम्मेदवारहरु पछ्याइरहेका छन् ।
गाउँपालिका अध्यक्ष
नेपाली कांग्रेस(रुख)ः १८१४
नेकपा एमाले (सुर्य)ः १४९०
गाउँपालिक उपाध्यक्ष
नेपाली कांग्रेस(रुख)ः१८६४
नेकपा एमाले(सुर्य)ः १४९०