प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

चुनढुङ्गा खानी क्षेत्रमा शिवम सिमेन्ट उद्योगको दादागिरी, माग पुरा गर्न पीडितको अल्टिमेटम

२०७९ माघ १८, बुधबार १५:१७ बजे

हेटौंडा – मकवानपुरगढी गाउँपालिका वडा नम्बर ७ मा शिवम सिमेन्ट उद्योगको चार वटा चुनढुङ्गा खानी सञ्चालनमा छन् । चुनढुङ्गा उत्खनन्का कारण मकवानपुरगढी गाउँपालिका वडा नं.२,३,४,५,६,७र८ का खानी क्षेत्रका स्थानीय सहित सामरी खोला क्षेत्रका स्थानीयहरु प्रभावित छन् ।

अव्यवस्थित चुनढुङ्गा उत्खनन्का कारण गाउँपालिकाका स्थानीयहरुले प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा लामो समयदेखि विभिन्न खाले सास्ती खेप्दै आइरहेका छन् । जथाभाबी फ्याकिएको ओभरबडेनका कारण पानीघट्ट, खानेपानीको मुहानदेखि पाइप लाइन विस्तारमा क्षति भएको स्थानीयहरुले बताएका छन् ।

उद्योगले खानी सञ्चालनको क्रममा अधिग्रहण गरेको जग्गाको मुआब्जा अझै स्थानीय जग्गा धनीलाई बुझाएको छैन । बर्खालागेपछि बाढीपहिरोका कारण बर्षेनी करोडौँ मुल्य बराबरको घर तथा खेतबारीसहित अन्नपात क्षति ब्यहोर्दै आएको स्थानीयहरुको भनाइ छ ।

नेपाल सरकारबाट खानी संचालन गर्न अनुमति प्राप्त गर्दा उद्योगले पालन गर्नुपर्ने सामाजिक उत्तरदायित्व अन्तर्गतका कार्यहरु नगरेको स्थानीयहरु बताउँछन् ।

जनप्रतिनिधि, कर्मचारी र राजनीतिज्ञहरुको शिवम सिमेन्ट उद्योग प्रतिको झुकाबको कारण सामाजिक उत्तरदायित्वका बाँध, तटबन्ध, बृक्षरोपण, ओभरवडेन ब्यवस्थापन लगायतका कामहरु प्रभावकारी हुन नसकेको स्थानीयहरु सुनाउँछन् ।

चुनढुङ्गा खानीबाट प्रभावित भएका स्थानीयहरुले सरोकारवाल निकाय भूगर्व विभागदेखि डिभिजन वन, जिल्ला प्रशासनसम्म आफ्नो पत्रमार्फत पु¥याए । प्रत्येक काम नीति र विधी खोजेर दुःख दिने त्यहाँका कर्मचारीहरुले मिठो बोलेर अनुगमन गरेजस्तो गरेर पीडितलाई आँखामा छारो मात्रै हाले ।

स्थानीयको समस्या समाधान हुन नसकेको हो । त्यति मात्रै होइन् सधै मुखदर्शक बन्ने मकवापुरगढी गाउँपालिकाकै अध्यक्षदेखि वडाअध्यक्षलाई समेत पत्रमार्फत नै जानकारी गराए, तर स्थानीयको समस्यालाई टुलुटुलु हेर्दे जनप्रतिनिधिहरु कानमा तेल हालेर बसेका छन् ।

त्यहाँ शिवमले २०६४ सालदेखि चुनढुङ्गा उत्खनन् सुरु गरेको थियो । त्यस बेलादेखि खानी क्षेत्रका स्थानीयहरुले विभिन्न समस्या भोग्दै आएका छन् । पीडितको माग सम्बोधन गर्न विभिन्न निर्णयहरु भए । ती निर्णयहरु कायान्वयन भएका छैन । उनीहरुले न्याय खोज्दै हिड्न भने छाडेका छैनन् ।

यसै अभियान अन्तरगत उनीहरुले बुधबार पुनःजिल्ला प्रशासन कार्यालय मकवानपुरमार्फत प्रधानमन्त्री कार्यालय र गृह मन्त्रालय सहित ७ वटा कार्यालयमा ७ दिने अल्टिमेटम सहित ज्ञापन पत्र बुझाएका छन् ।

डिभिजन वन कार्यालय मकवानपुर, जिल्ला समन्वय समिति, मुख्यमन्त्री कार्यालय, मानव अधिकार आयोगको कार्यालयमा ज्ञापन पत्र बुझाएका हुन् । ज्ञापन पत्रमा ११ वटा माग रहेको मंगलमान स्याङ्तानले जानकारी दिए ।

 यी हुन् स्थानीयका ११ मागहरु 

–उद्योगले खानी उत्खनन गर्दा उत्पादन भएको ओभर वटनको समुचित तरिकाले व्यवस्थापन गर्नु पर्ने ।
–उद्योगले उत्खनन गरेको कारण स्थानिय वस्तीहरु जोखिममा परेकाले स्थानिय वस्ती वचाउ गर्न तटबन्धन गुर्न पर्ने ।
–उद्योगले अधिग्रहण गरेको जग्गाको मुआब्जा हालसम्म उपलब्ध नगराएकोले मुआब्जा दिन वाँकी रहेको स्थानियहरुलाई अविलम्ब     मुआब्जा उपलब्ध गराउनु पर्ने ।
–नेपाल सरकारबाट खानी संचालन गर्न अनुमति प्राप्त गर्दा उल्लेखि सर्तहरु उद्योगले पालन नगरेकोले सो सर्तहरु अबिलम्ब पालन     गर्नुपर्ने ।
–साबिक बुढीचौर र सुकौरा गा.वि.सको बिचमा पर्ने कलवान बुर्जा खानी उत्खनन कार्य गर्दा स्थानीय वस्तीमा पर्न गएको असरलाई  उचित व्यवस्थापन गर्नु पर्ने ।
–खानी उत्खनन गर्दा जथाभावी फ्लोओभर वटन फालिएको कारणले प्रभावित वस्तीहरु पाङटोल, गीताधर्म बिद्यालय, आम्बोडे, भण्डारे, किटीनी, न्यौपानेटार, भुडेदमार, सातकन्या, कोलदमार कालीदेवी थान, जनता मा।वि, सुकौरा स्वास्थ्य चौकी, मच्छेडाँडा, वतासेडाँडा, हुलाक दमार, नरसिंडाँडा, जिमर गेबडाडा,थासाटोल लगायत स्थानहरु अतिजोखिममा परेकाले सोको संरक्षण गरिदिनु पर्ने ।
–अधिग्रहणमा नपरेको केही घर धुरीका मानवको जिवन जोखिम भएको अवस्थालाई ध्यानमा राखी उचित व्यवस्थापन गर्नु पर्ने
–मकवानपुरगढी गा।पा वडा नं ७ को एकमात्र नमुना योग्य भवन जनता मा।वि र स्वास्थ्य चौकीलाई पुर्ण रुपमा संरक्षण गनु पर्ने ।
–मिति २०६९ सालमा उद्योगले खानी उत्खनन गर्दा फालेको ओभर वटनले भण्डारे खोलामा संचालित पानी घट्टा मुहानको ट्याङकी र ६ ईन्चको ३६ मिटरको पाईप क्षति भएकोमा हाल सम्म उपलव्ध नगराएको हुदाँ सो तत्काल उपलब्ध गराउनु पर्ने ्र
–वन मन्त्रालयको प्रतिनिधी र शिवम् सिमेन्ट उद्योग बिच भएको विभिन्न मितिको सम्झौता बमोजिमको शिवम् सिमेन्ट उद्योग लि। ले ५२२४४ रुख विरुवा रोप्नु पर्ने सर्त रहेकोमा सो समेत कार्यान्वयन नभएको अविलम्व उक्त कार्य गर्नुपर्ने ।
–उल्लेखित सर्तहरु पुरा गराउनको लागि लागिरहेका हामी निवेदकहरुको जिउधनको शान्ति सुरक्षा सरकारले गर्नुपर्ने ।

सम्बन्धित समाचारहरु 

शिवमको लगानी, जनप्रतिनिधिको काम, महिना दिन नबित्दै स्ल्याव भयो झ्वाम

मकवानपुरगढीमा गठबन्धनको जितसंगै खानीदेखि खोलासम्म ब्यापक दोहन हुने आशंका

शिवम सिमेन्ट उद्योगको सेटिङमा अवैध काम, क–कसले पाए कति दाम ?

टिपर ओभरलोड नबोक्न मान्दैनन्, मकवानपुरका ट्राफिक बोल्नै मान्दैन

शिवम र रिद्धिसिद्धिको रझाई: औंसी–पुर्णे चेकिङ्ग, हुँदैन कारवाही क–कस्को छ सेटिङ्ग ?