हेटौंडा – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शनिबार हेटौंडा आउने भएका छन् । उनी हेटौंडा–९, लामसुरेधापस्थित मानवसेवा आश्रम को मुख्य कार्यालयको नवनिर्मित भवन समुद्घाटनका लागि आउने अध्यक्ष रामजी अधिकारीले जानकारी दिए ।
कार्यक्रममा उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ, अर्थमन्त्री प्रकाशशरण महतलगायत नेपाल सर कारका मन्त्रीहरु, प्रदेश सरकारका मुख्यमन्त्री र मन्त्रीहरु, स्थानीय तहका जनप्रतिनिधिहरु, नेपाल सरकारका मुख्य सचिव र सचिवहरु, वरिष्ठ कलाकार,समाजसेवी र आश्रमका अभिभावक, शुभेच्छुक र सहयोगीहरुको उपस्थिति रहने अध्यक्ष अधिकारीले बताए ।