हेटौंडा – मकवानपुरको हेटौंडामा एक पुरुषले आफ्नै काकीमाथि कैची प्रहार गरेका छन् । हेटौैंडा उपमहानगरपालिका वडा नं.९ प्रगतिटोलमा स्थानीय ५० बर्षीय कमल परीयारले आफ्नै काकी ६५ बर्षीय ६५ कि गोमा दमाईमाथि कैची प्रहार गरेका हुन् ।
बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका अनुसार शनिबार दिउँसो मादक पदार्थ सेवन गरी गोमामाथि कैची प्रहार गरेका हुन् । कैची प्रहारबाट गोमा गम्भीर घाइते भएकी छन् । उनको चुरेहिल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
कैची प्रहार गर्ने कमललाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।