प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

सफा हेटौंडा अभियान: हेटौंडा–७ मा फलफुलको बिरुवा रोपियो

२०७९ श्रावण २३, सोमबार ०३:३६ बजे

हेटौंडा –  टोल विकास संस्थाको समन्वयमा हेटौंडा उपमहानगरपालिकाले सुरु गरेको "सफा हेटौंडा अभियान"मा फलफुलका बिरुवाहरु रोपिएका छन् । हेटौंडा उपमहानगरपालिकाको समन्वयमा वनस्पती उद्यानबाट लगिएका ६० वटा विभिन्न जातका फलफुलको बिरुवा हेटौंडा–७ न्युरेनी स्थित पशुपती मन्दिर परिसरमा रोपिएको हो ।

हेटौंडा उपमहानगरपालिका प्रमुख मिनाकुमारी लामाले नगरको सुन्दरतालाई बढाउँदै लैजाने र आउँने आगन्तुकहरुका लागि सुन्दर उपमहानगरपालिका देखाउँने उद्देश्य अनुसार अभियानको धोषणा गरेकी हुन्। उनले हेटौंडावासीले नगरलाई सुन्दर बनाउनका लागि आफ्नै तर्फबाट अपनत्व लिदैँ हरेक हप्ताको शनिवार सफाई अभियानमा सहभागि हुन आवहन गरे अनुसार हेटौंडा ७ मा वृक्षारोपण गरिएको हो ।

हेटौंडाको हुप्राचौरबाट सुरु भएको अभियानलाई उपमहानगरपालिकाको हरेक टोलविकास संस्था मार्फत नगरका वडा र टोल सम्म पुर्‍याईएको विपद प्रतिकार्य फोहरमैला व्यवस्थापन तथा वातावरण शाखा प्रमुख शान्ति बिकले जानकारी दिइन् । अभियान अनुसार हेटौंडा–७ न्युरेनीमा हेटौंडा उपमहानगरका प्रमुख मिनाकुमारी लामा, हेटौंडा–७ का अध्यक्ष दामोदर गौतम, हेटौंडा १० का अध्यक्ष तथा वातावरण समितिका संयोजक फुर्वा दोर्जे लामा सहित वडा सदस्य र टोलविकास संस्थाका पदाधिकारीहरुको सहभागितामा वृक्षारोपण गरिएको थियो ।

अभियान हरेक शनिवार हेटौंडाका १९ वटै वडामा ३४६ वटा टोलविकास संस्था मार्फत सफाई अभियानलाई निरन्तरता दिर्दै आएक छौ। सबैवडामा वडाअध्यक्ष निर्वाचित सदस्यहरु र टोलविकास संस्थाका पदाधिकारीहरुको उपस्थितीमा सफाई अभियानलाई सञ्चालन गर्ने गरिएको छ ।