हेटौंडा – मानव अधिकारका लागि महिला एकल महिला समूह मकवानपुरले शान्ति परियोजना अन्तर्गतको परियोजना परिचायात्मक कार्यक्रम बुधबार सम्पन्न गरेको छ । कुर्वे वुस्त्रो नेपालको सहयोगमा संचालित उक्त शान्ति परियोजनामाथि छलफल गर्दै समुहले परिचयात्मक कार्यक्रम सम्पन्न गरेको हो ।
मानव अधिकारको लागि महिला एकल महिला समुह मकवानपुरकी अध्यक्ष टीका कुमारी पौडेललको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका मेयर हरि बहादुर महतको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै मेयर महतले एक महिलाहरु आर्थिक रुपमा शसक्त हुन आयआर्जनमा लाग्नु पर्नेमा जोड दिए । एकल महिलाहरु एकजुट भएर अगाडी बढे सो कार्यको लागि हेटौंडा उपमहानगर सहयोग गर्न तयार रहेको उनले बताए । उनले परियोजनाले न्युनआय भएका एकल महिलाको जिवनयापनमा सहयोग पुग्ने विश्वास ब्यक्त गर्दै शुभकामना ब्यक्त गरे ।
एकल महिलाहरुको हकअधिकारको लागि कानुनमा भएको कुरालाई ब्यवहार उतार्नु आवश्यक रहेको मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी बद्रिनाथ गैह्रेले बताए । एकल महिलाका परिवारका सदस्यहरुलाई नागरिकता, पासर्पोट लगायतका वितरण पर्ने समस्याहरुलाई सहजिकरण गर्दै आएको उनले बताए । एकल महिलाहरुलाई हकअधिकारको प्रत्याभुती गराउन स्थानीय हकहरुले ध्यानपुर्यानु पर्ने उनको भनाई थियो ।
त्यस्तै हेटौंडा उपमहानगरपालिका वडा नम्बर १ का वडाध्यक्ष सविन न्यौपाने, वडा नं.१२ वडाध्यक्ष ललित बहादुर घलान र वडा नं. १७ का वडाध्यक्ष भैरव बहादुर राईले आफ्नो अधिकार पाउनका लागि विभाजित भएका एकल महिलाहरु एकजुट हुनु पर्ने बताए । एकल महिलाहरुले प्रभावकारी कार्ययोजना तयार बनाएर वडाकार्यालयमा आए आफुहरु सहयोग गर्न तयार रहेको उनिहरुको भनाई थियो ।
त्यस्तै एकल महिला बागमती प्रदेशकी कार्यवहाक अध्यक्ष देबकी पौडेलले आफनो अधिकारबाट बञ्चित भएका, न्युनआर्थिक भएका, कुनाकन्दरामा रहेको एकल महिलालाई एकजुट गराउँदै थप शसक्त बनाउने विश्वास ब्यक्त गरिन् ।
शान्ति परियोजनाले हेटौंडा उपमहानगरपालिकाभित्रका १९ वटा वडाका एक महिलाहरुलाई समेटेर जनचेतना, आयआर्जनमा सहयोग गर्नु एकल महिला समुह मकवानपुरकी अध्यक्ष पौडेलले बताइन् । लाक्षित तथा पिछडिएका एकल महिलालाई प्राथामिकता राखेर काम गर्ने उनको भनाई छ । समुहले हेटौंडा उपमहानगरपालिकाको ११ वडामा समुह गठन गरेको र बाँकी वडामा समुह गठनको प्रक्रिया अगाडी बढाईएको पौडेलले बताइन् । हल समुहमा २५ सय एकल महिलाहरु आवद्ध रहेका छन् । कार्यक्रममा विभिन्न वडाका वडासदस्य, एकल महिला समुह मकवानपुरका पदाधिकारी, सदस्यहरु र एकल महिलारुको उपस्थिती रहेको थियो ।