प्रहर खबर
 २०८३ कार्तिक ४, मङ्गलवार    

हेटौंडा उपमहानगरमा एमालेका वडाअध्यक्षका दुई उम्मेदवारविरुद्ध उजुरी

२०७९ बैशाख १४, बुधबार ११:३७ बजे

हेटौंडा – हेटौंडा उपमहानगरपालिकामा नेकपा एमालेका वडाअध्यक्षका दुई उम्मेदवारलाई उजुरी परेको छ । हेटौंडा उपमहानगरपालिका वडा नं. ४ का वडाअध्यक्षका उम्मेदवार नविन सिग्देल र १९ नम्बर वडाका नरनाथ सुवेदीविरुद्ध उजुरी परेको निर्वाचन अधिकृत कार्यालय हेटौंडाका सहायक निर्वाचन अधिकृत सागर शर्माले जानकारी दिए । 

सहायक निर्वाचन अधिकृत शर्माका अनुसार सिग्देलविरुद्ध अबैधानिक उपभोक्ता समिति गठन गरी राज्यकोणको पैसा हिनामिना गरेको र सुबेदीविरुद्ध कर छली गरेको उजुरी परेको छ । दुबै उम्मेदवारले निर्वाचन अधिकृत कार्यालयमा आएर स्पष्टिकरण दिएको र उजुरीमाथि छानविन भइरहेको शमाले बताए ।आरोप पुष्टि भएको खण्डमा दुबै उम्मेदवारको उम्मेदवारी खारेज हुनेछ ।