प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

हेटौंडाबाट अनलाइन ठगी गर्ने एक युवक पक्राउ

२०७९ भाद्र २३, बिहीबार १६:५३ बजे

हेटौंडा – मकवानपुर प्रहरीले अनलाइन ठगी गर्ने एक जना मानिसलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारा घर भई हाल काठमाण्डौ बानेश्वर स्थित डेरा गरी बस्ने अन्दाजी १८ वर्षीया सिद्धान्त जैसवाल रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेक बहादुर कार्कीका अनुसार जैसवालले कमला दहाल नाउँको फेसबुक आई.डी.बाट म सँग रु. ८ हजार मागेर ठगी गरेका थिए । उनलाई पक्राउ गरी कानुन बमोजिम कारवाही गर्न माग गर्दै दिर्ग बहादुर लामाले प्रहरीमा उजुरी दिएका थिए ।

सोही उजुरीको आधारमा जैसवाललाई मंगलबार हेटौंडा उपमहानगरपालिका–१० बसपार्कबाट पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक कार्कीले बताए । उनलाई नियन्त्रणमा लिएर अनुसन्धान भईरहेको उनले बताए ।