हेटौंडा – हेटौंडामा जारी चौथो स्थानीय तह सहीद स्मृति अन्तराष्ट्रिय मकवानपुर गोल्डकप फुटबल प्रतियोगितामा आज बुधबार घरेलु टोली मैदानमा उत्रिदैछ ।
आज हुने तेस्रो क्वाटरफाइनलमा घरेलु टोली विजय युथ क्लब र नव जनजागृती क्लब भिड्नेछन् ।हेटौंडा–५ स्थित पिप्ले क्याम्पा रंगशालामा हुने खेल अपराह्न ४ बजे सुरु हुनेछ ।
नव जनजागृतीले प्रतियोगिताको उद्घाटन खेलमा बागमती युवा क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै विजय युथसंग भेट पक्का गरेको थियो । घरेलु टोली विजय युथले भने सिधै क्वाटरफाइनलमा स्थान पाएको थियो ।
दुबै टोली खेलमा जितको दाउमा छ । घरेलु मैदानका साथै घरेलु दर्शकलाई जितका साथ भरपुर आनन्द दिने लक्ष्यका साथ घरेलु टोली मैदानमा प्रवेश गर्ने छ ।
मकवानपुरको १० पालिकाको सहयोग र फुटबल संघ मकवानपुरको आयोजना भएको प्रतियोगितामा विजेताले १५ लाख र उपविजेता टोलिले १० लाख प्राप्त गर्ने छन् ।
त्यस्तै विधागत उत्कृट हुने प्रशिक्षक सहित ६ खेलाडीले ट्रफिसहित नगद २५–२५ हजार प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीले बुलेट मोटरसाइलक प्राप्त गर्नेछ । प्रतियोगिताको फाइनल खेल जेठ ३० गते हुनेछ ।