हेटौंडा – मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा १३ हजार ९५३ मतदाताले मतदान गरेका छन् । गाउँपालिकामा १९ हजार ११८ मत रहेकोमा शुक्रबार मतदानमा १३ हजार ९५३ (७२.९८ प्रतिशस)ले मतदान गरेका हुन् । ८ वडा रहेको मकवानपुरगढी गाउँपालिकामा ७ हजार ३३० पुरुष र ६ हजार ६२३ महिलाले मतदान गरेको निर्वाचन अधिकृत कार्यालय मकवानपुरगढीले जनाएको छ ।
वडा नम्बर १ मा १ हजार ४५९, २ मा २ हजार २८१, ३ मा १ हजार ९२६, ४ मा १ हजार ५८४ मत खसेको छ । त्यस्तै, वडा नम्बर ५ मा २ हजार २२८, ६ मा १ हजार ७४६ मत खसेको जनाइएको छ ।

