प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

मकवानपुरको थाहा नगरबाट दुई वटा मोटरसाइकल सहित तीनजना पक्राउ

२०८० जेठ ८, सोमबार १३:१३ बजे

हेटौंडा – मकवानपुरको थाहा नगरपालिकास्थित बज्रबाराहीबाट दुई वटा मोटरसाइकल सहित तीनजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा कैलाश गाउँपालिका–४ बुकुटी बस्ने २६ वर्षीय बिबेक मोक्तान, सोही वडाको टोकुवा बस्ने १२ वर्षीय सिमन प्रजा र मनहरी गाउँपालिका–२ च्यामल बस्ने २० वर्षीय शरण स्याङबो रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेक बहादुर कार्कीले जानकारी दिए ।

प्रवक्ता कार्कीका अनुसार आइतबार दिउँसो थाहा नगरपालिका–३ शिखरकोटबाट संकास्पद पल्सर मोटरसाइकलमा इलाका प्रहरी कार्यालय पालुङतर्फ आउँदै गरेका उनीहरुलाई चार जनाको प्रहरीको टोलीले पिच्छा गरेर बज्रबाराहीबाट पक्राउ गरिएको हो ।

मोक्तानले चलाएको बजाज कम्पनिको २२० सिसिको कालो कलर को प्र.३–०२०१५ प ३८५६ नम्बरको मोटरसाइकलको बिलबुक नभएको प्रवक्ता कार्कीले बताए । त्यस्तै स्याङबोले बा.प्र.००४ प ७६४ नम्बरको २०० सिसिको पल्सर मोटरसाइकललाई नम्बर प्लेट बदलेर बा.प्र.०२–०३८ प ५५९३ बनाएर लगाएको अवस्थामा फेला परिएको उनले बताए ।

मोटरसाइकल सहित तीनै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।