प्रहर खबर
 २०८३ श्रावण ८, शुक्रवार    

भिमफेदी ६ मा गठबन्धन विजयी, अध्यक्ष/उपाध्यक्षमा कसको मत कति ?

२०७९ जेठ १, आईतबार १०:०७ बजे

हेटौंडा – भीमफेदी गाउँपालिका वडा नम्बर ६ मा गठबन्धनको प्यानलै विजयी भएको छ । वडाअध्यक्षमा गठबन्धनबाट नेपाली कांग्रेसका सोमबहादुर घलान निर्वाचित भएका छन् । उनी घलान ६ सय ८९ सहित वडाअध्यक्ष पदमा निर्वाचित भएका हुन् ।

उनका निकटतम् प्रतिद्वन्दी नेकपा एमालेका सिताराम थापा मगरले ५ सय १७ मत प्राप्त गरेका छन् । थापा २०७४ सालको चुनावमा एमालेबाट वडाध्यक्षमा निर्वाचित भएका थिए । भीमफेदीमा हालसम्म ६ वटा वडाको मत परिणाम सम्पन्न भएको छ । जसमा एमालेले वडा नं.२, ४ र ५ मा जितेको छ भने गठबन्धनबाट १ र ३ जितेको छ ।

त्यस्तै गाउँपालिकाको अध्यक्षमा गठबन्धनबाट नेकपा माओवादी केन्द्रका उम्मेदवारले ३९३४ मत सहित अग्रता लिएका छन् । निकटतम् प्रतिद्वन्दी एमालेका उम्मेदवारले ३७४३ मत प्राप्त गरेका छन् । उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवारले ३८८४ मत ल्याएका छन् भने एमालेका उम्मेदवारले ३५४५ मत प्राप्त गरेकी छन् ।