हेटौंडा–मनहरी–४ मसिनेका तीन वटा विद्यालयका बालबालिकालाई बुधबार विद्यालय पोशाक बितरण गरिएको छ । मसिनेको पशुपतिनाथ मावि, चेपाङ प्रावि र सृजना प्राविका २२५ जना विद्यार्थीलाई विकासका लागि सहयोग र सहकार्य (हेल्पकोड) नेपाल नामक गैससले विद्यालय पोशाक बितरण गरेको हो ।
बिपन्न समुदायका बालबालिकालाई अध्ययनमा शैक्षिक सामग्री, विद्यालय पोशाक बितरण गर्दै आएको हेलपकोडका निर्देशक भरत पाठकले बालबालिकाको उज्ज्वल भविश्यका लागि शिक्षा नै पहिलो आवश्यकता भएकोले शिक्षा आर्जनमा सहयोग गरिएको बताए ।
चेपाङ प्राविका विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष विष्णु प्रजालको सभाध्यक्षतामा मनहरी–४ का वडाअध्यक्ष प्रकाश थापाको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो । कार्यक्रममा पूर्बवडाअध्यक्ष ध्रुब खड्का, पशुपतिनाथ माविका प्रधानाध्यापक भानुभक्त आचार्य चेपाङ प्राविका प्रधानाध्यापक राजेन्द्र न्यौपानेले बोलेका थिए ।
यस्तै पशुपतिनाथ माविकी विद्यालय नर्स बबिता ठाकुरले चेपाङ प्राविका बालबालिका र अभिभावकको सामान्य स्वास्थ्य परीक्षण पनि गरेकी थिइन् । चितवन, काठमाडौं र मकवानपुरको मनहरी–४ का विद्यालयमा लामो समयदेखि शैक्षिक क्षेत्रमा सहयोग गरिरहेको हेल्पकोड नेपालले बिपन्न बालबालिकालाई निरन्तर सहयोग गर्ने बताइएको छ ।