प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

चाँदनी टोलको १५ औं वार्षिक साधारणसभा

२०८० बैशाख २, शनिबार ११:४१ बजे

हेटौंडा – चादनी टोल विकास संस्थाको १५ औं वाािर्षक साधारणसभा हेटौंडा–२ सिद्धार्थपथस्थित कालिका पार्टी प्यालेसमा सम्पन्न भएको छ । संस्थाकी अध्यक्ष शारदा ढुँगानाको सभाध्यक्षतामा भएको साधारणसभाको उद्घाटन गर्दै हेटौंडा–२ का वडाअध्यक्ष विष्णुगोपाल महर्जनले टोलविकास संस्थामा आबद्ध टोलबासीको सक्रियताको जरुरी रहेको बताए ।

संस्थाकी सचिव गीतादेबी पौडेलले सचिवको प्रतिवेदन र कोषाध्यक्ष सृजना पण्डितले आयब्यय बिवरण प्रस्तुत गरेका थिए । वार्षिक साधारणसभामा उत्कृष्ठ बचतकर्तातर्फ साबित्री खरेल, पूजा लामा, उत्कृष्ठ लगानीकर्ता (ऋणी) मधु शाह, जेष्ठ नागरिक पद्मादेबी खरेल, सुभद्रादेबी पण्डित, भगवती सुबेदी, भागीरथी पण्डितलाई वडाअध्यक्ष महर्जनले सम्मानीत गरेका थिए ।

मनसचोक आसपासका ६० घरपरिवारका एक सय जना सदस्य चादनी टोलविकास संस्थामा आवद्ध भएको र टोलबासीको आवश्यकताअनुसार काम गरिरहेको संस्थाकी अध्यक्ष शारदा पौडेलले बताइन् । संस्थाले मासिक बचत तथा ऋण लगानी पनि गर्दै आएको छ । संस्थाले ३७ लाख रुपैयाँ बचत तथा २५ लाख रुपैयाँ ऋण लगानी गरिरहेको छ ।

टोलविकास संस्था नगर समन्वय समितिका सहसचिव चन्द्रावती पनेरु अधिकारी, भुगोल तर्फका ईन्चार्ज राजदेव बानियाँ, वडा समन्वय समिति अध्यक्ष मनिषा घले, हेटौंडा उपमहानगरपालिका सामाजिक विकास अधिकृत भीमप्रसाद तिमल्सिना, बालक्लव अध्यक्ष समृद्धि पौडेल, चादनी टोलविकास संस्थाकी सल्लाहकार सृजना पण्डितलगायतले मन्तव्य ब्यक्त गरेका थिए ।