हेटौंडा – सांसद तथा नेपाली कांग्रेस नेत्रृ आरजु राणा देउवासंगै चार कलाकार आज बिहिबार हेटौंडा आउने भएका छन् । जमादार ग्रुपले सञ्चालनमा ल्याउन लागेको ‘स्वदेशी सुपर मार्केट’ उद्घाटनको लागि आरजुसंगै कलाकार केकी अधिकारी, जितु नेपाल, बर्षा शिवाकोटी र पूर्वमिस नेपाल सदिक्षा श्रेष्ठ हेटौंडा आउने भएका हुन् ।
सुपर मार्केट उद्घाटनका कार्यक्रम आज दिउँसो १ बजेको लागि तय भएको छ । उक्त मार्केटको उद्घाटन आरजुले उद्घाटन गर्ने स्वदेशी सुपर मार्केटका निर्देशक अमित गुप्ता अग्रवालले बताए । उनले उद्घाटनको सम्पूर्ण तयारी पनि पुरा भएको उनले बताए ।

कान्तिराजपथ सडक अन्तर्गत हेटौंडा उपमहानगरपालिका–२ स्थित रहेको जमादार ट्रेडिङको भित्र स्वदेशी सुपरमार्केट रहेको छ । यहाँ स्वदेशमै उत्पादन भएको बस्तुलाई बढी प्राथामिक्ताका साथ बिक्रीमा राखिनेछ । स्वादेशी उत्पादन भएका बस्तुको बजार प्रवद्र्धन गर्ने उदेश्यले र किसानले उत्पादन गरेको बस्तुको उचित मुल्य दिने हेतुले सुपर मार्केट सञ्चालनमा ल्याउन लागिएको अग्रवालले बताए ।
‘किसानले आफ्नो उत्पादनको उचित मूल्य कहिले पाउने ? यसै प्रश्नको जवाफ दिनको हेतु हाम्रै देशकै खेतबारीमा उत्पादन हुने बस्तुलाई श्रमको उचित मुल्य सहित आम उपभोक्तासम्म पुर्याउने उदेश्यले ‘स्वदेशी सुपर मार्केट’ को सुरुवात गर्न लागिएको हो,’ उनले भने ।

स्वदेशी सुपरमार्केटको उद्देश्य नेपाली उत्पादनलाई बजार दिने मात्रै नभएर त्यसलाई एउटा नाम दिएर बजारमा चिनाउने पनि रहेको अग्रवालको भनाई छ । यसले कृषकको सामानले बजार र नाम दुबै पाउने उनको विश्वास छ । मार्केटलाई हेटौँडामा मात्र सीमित नभएर देशभरी विस्तार गर्ने उनको योजना छ ।
‘स्वदेशी सुपर मार्केट’ का निर्देशक अमित मकवानपुर उद्योग बाणिज्य संघका अध्यक्ष कृष्ण कुमार गुप्ता अग्रवालका छोरा हुन् । मार्केटका निर्देशक अमित कांग्रेस सभापति शेर बहादुर देउवा र आरजुका छोरा जयबीर देउवाका हितेसी मित्र हुन् ।