प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

हेटौंडामा प्रहरीको सचेतनामुलक अन्तरक्रिया

२०७९ असार २६, आईतबार १४:११ बजे

हेटौंडा – मकवानपुरको हेटोंडा उपमहागनरपालिका वडा नम्बर १० मा लागुऔषध दुरुपयोगका लक्षण, असर र अभिभावकहरुको दायित्व सम्बन्धी सचेतनामुलक अन्तरक्रिया कार्यक्रम भएको छ । "सामुदायिक प्रहरी साझेदारी कार्यक्रम" अन्तर्गत सामुदायिक प्रहरी उप–सेवा केन्द्र बसपार्क, नेत्रज्योती टोल विकास संस्थाको समन्वयमा जिल्ला प्रहरी कार्यालय मकवानपुरले आइतरबार उक्त कार्यक्रम गरेको हो । 

हेटोंडा–१० का वडा अध्यक्ष फुर्बा दोर्जे तामाङको प्रमुख आतिथ्यतामा लागुऔषध दुरुपयोगका लक्षण, असर र अभिभावकहरुको दायित्व सम्बन्धी सचेतनामुलक भिडियो  सहितको अन्तरक्रिया कार्यक्रम गरिएको हो । कार्यक्रममा स्थानिय जनप्रतिनिधिहरु, सामुदायिक प्रहरी उप–सेवा केन्द्र बसपार्कका अध्यक्ष प्रदिप कडेल, टोल विकास समितिका सदस्यहरु, विभिन्न संघ–संस्थाका प्रतिनिधिहरु लगायतको उपस्थितिमा रहेको थियो । जिल्ला प्रहरी कार्यालय मकवानपुरकी प्रहरी निरीक्षक चुडा कुमारी खड्का सहितको टोलीले कार्यक्रम सञ्चालन गरेका थिए ।