हेटौंडा – मकवानपुरगढी गाउँपालिका वडा नं.२ को वडाअध्यक्षमा नेपाली कांग्रेसका बखान सिंह पाख्रीन पुनः निर्वाचित भएका छन् । उनले नेकपा एमालेका सन्त बहादुर सिंगारलाई फराकिलो मतान्तरले पराजित गरेका हुन् ।
पाख्रिनले मत १ हजार १७१ प्राप्त गरे । उनका निकटत्म प्रतिद्वन्दी सिंगारले ५९७ मत प्राप्त गरे । अर्का प्रतिस्पर्धी ३३७ जीत बहादुर लो मत ल्याए । पाख्रिन निवर्तमान वडाअध्यक्ष समेत हुन् ।
त्यस्तै वडासदस्यमा नेपाली कांग्रेसकै निर्वाचित भएका छन् । खुल्लातर्फ राम प्रसाद चौरेल र सुधार जित गोले, महिलामा पातलीमाया गोले र दलितमहिलामा लक्ष्मी विश्वकर्मा विजयी भएका छन् ।