हेटौंडा – मकवानपुरमा पछिल्लो समय डेंगु र स्क्रबटाइफसका बिरामीहरुको संख्या बढ्दै गइरहेको छ ।
चालू आर्थिक वर्षको साउन महिनाभरमा १ गतेदेखि ३१ गते सम्मको अवधिमा २ सय २१ जनामा डेंगु र २७ जनामा स्क्रबटाइफस संक्रमण देखिएको स्वास्थ्य कार्यालय मकवानपुरका सूचना अधिकारी लक्ष्मण घिमिरेले जानकारी दिए ।
जिल्लामा पछिल्लो समय डेंगु र स्क्रबटाइफसका बिरामी मात्रै नभएर कालाजारका बिरामी समेत रहेको पाइएको छ । सोही अवधिका जिल्लामा २ जनामा कालाजार देखिएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
कार्यालयका अनुसार मकवानपुरका १० स्थानीय तहमध्ये डेंगु र स्क्रबटाइफसका बिरामी सबैभन्दा धेरै हेटौंडा उपमहानगरभित्रका रहेका छन् ।