प्रहर खबर
 २०८३ श्रावण ७, बिहीवार    

हेटौंडा मतगणना अपडेटः मेयर र उपमेयरमा गठबन्धनको अग्रता कायमै

२०७९ जेठ ३, मंगलबार १६:५८ बजे

हेटौंडा – हेटौंडा उपमहानगरपालिकामा गठबन्धनबाट नेकपा एकीकृत समाजवादीकी मिना कुमारी लामाले अग्रता कायमै राखेकी छन् । पछिल्लो अपडेट अनुसार २८ हजार ८७५ मत गणना हुँदा लामाले ८ हजार ९८२ मत गरेकी छन् ।

लामालाई राप्रपाका दिपक बहादुर सिंहले पछ्याउँदै छन् । उनले ८ हजार ६८७ मत प्राप्त गरि दोस्रो स्थानमा छन् । नेकपा एमालेका अनन्त पौडेलले ७ हजार ९५७ मत सहित तेस्रो स्थानमा छन ।

त्यस्तै उपाध्यक्षमा गठबन्धन तर्फबाट नेपाली कांग्रेसका राजेश बानियाँले अग्रता कायमै छन् । उनी नेकपा एमालेकी सुमित्रा काफ्ले भन्दा ४ हजार २१२ मतले अगाडि छन् ।

हेटौंडा उपमहानगरपालिका: २८,८७५ मतगणना अपडेट:

मेयर
नेकपा एमाले (सुर्य) - ७९५७
गठबन्धन (कलम) - ८९८२
राप्रपा (हलाे) - ८६८७
उपमेयर
नेकपा एमाले (सुर्य) - ८६६४
गठबन्धन (रुख) - १२,८७६
राप्रपा (हलाे) - २१४२