हेटौंडा – नेपाल बाढी सूचनाले मकवानपुर सहित ८ जिल्लामा सतर्कता अपनाउन आग्रह गरेको छ । सूचनाले दिउँसो ४ बजेको मौषस बुलेटिन सार्वजनिक गर्दै सतर्कता अपनाउन आग्रह गरेको हो ।
पछिल्लो एक घण्टा सिन्धुली, मकवानपुर, चितवन, गोरखा, नवलपरासी, दाङ, कैलाली, डडेलधुरा र आसपास केही स्थानमा भारी बर्षा मापन भएकोले सो स्थानमा थप बर्षा हुन सक्ने देखिएको नेपाल बाढी सूचनाले जनाएको छ ।
सूचनाले उक्त जिल्ला भई बहने साना तथा ठुला नदीमा आकस्मिक बहाव हुन सक्ने भएकोले नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको हो ।
मौसम बुलेटिन हेर्न यहाँ क्लीक गर्नुहोस – नेपाल बाढी सूचना-Nepal Flood Alert