प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

बागमतीका मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत लिने कार्यसूची तय

२०८१ श्रावण ५, शनिबार १८:०१ बजे

हेटौँडा – बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले बागमती प्रदेश सभाबाट विश्वासको मत लिने प्रयोजनका लागि कार्यसूची तय भएको छ।

बागमती प्रदेश सभा कार्यव्यवस्था परामर्श समितिको शनिबार प्रदेश सभा सचिवालयमा बसेको बैठकले मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत दिने प्रयोजनका लागि समय व्यवस्थापनसँगै कार्यसूची बनाएको हो।

मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत प्राप्त गर्ने प्रस्ताव राखेपछि विश्वासको मतमाथिको छलफलमा दलका नेताहरुले बोल्ने कार्यक्रम तय भएको नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक गोविन्द लम्सालले जानकारी दिए।