प्रहर खबर
 २०८० चैत्र १६, शुक्रबार    

हेटौंडाबाट गाँजासहित एक जना पक्राउ

२०७९ जेठ २१, शनिबार ०९:१४ बजे

हेटौंडा – मकवानपुरको हेटौंडाबाट लागुऔषध गाँजासहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । हेटौंडा उपमहानगरपालिका वडा नं.१ राप्तीरोडस्थित अटोबाट गाँजासहित एक जनालाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भारत बिहार सितामढी ग्राम पञ्चायत नोचा–१० थाना बेला घर भई हाल महोत्तरी औरही नगरपालिका वडा नं. ७ सोनामाई बस्ने ३७ बर्षीय राजेश चौधरी रहेका छन् । पुर्बपश्चिम लोकमार्ग अन्तर्गत नेवारपानीबाट हेटौडा तर्फ आउंदै गरेको ना२ह १५०८ नम्बरको अटोबाट ५० किलो ४०० ग्राम फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

उक्त अटो र गाँजा सहित चौधरीलाई नियन्त्रणमा लिए थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ।