प्रहर खबर
 २०८३ श्रावण ८, शुक्रवार    

मकवानपुरमा वेवारिसे शव भेटियो

२०७९ बैशाख २९, बिहीबार ०८:३५ बजे

हेटौंडा – मकवानपुरको बकैया गाउँपालिका २ स्थित कैलेनी भिर नजिक बुधबार एक पुरुषको वेवारिसे शव भेटिएको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता तथा डीएसपी टेक बहादुर कार्कीका अनुसार अन्दाजी ४०/४५ वर्षीय पुरुषको शव फेला परेको हो। शवलाई पोष्टमार्टमका लागि हेटौंडा अस्पताल राखिएको उनले जानकारी दिए।

बुधबार साँझ स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । पुरुषको अहिलेसम्म पहिचान खुल्न नसकेको प्रहरीको भनाइ छ। प्रहरीले यस विषयमा अनुसन्धान गरिरहेको बताएको छ।