प्रहर खबर
 २०८३ श्रावण ८, शुक्रवार    

हेटौंडामा लागुऔषध सहित एक जना पक्राउ

२०७९ जेठ ९, सोमबार ०८:२८ बजे

हेटौंडा – मकवानपुरको हेटौंडामा लागुऔषध सहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मकवानपुरगढी गाउँपालिका वडा नं. ४ घर भई हाल हेटौडा उपमहानगरपालिका–१ मा बस्ने ३९ वर्षीय रामकृष्ण लो रहेका छन् ।

सोमबार विहान ९ः३० बजेको समयमा बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले लोको साथबाट ३३ बोतल लागुऔषध वनरेक्ससहित  फेला पारेको हो । लागुऔषध वनरेक्स सहित उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।