हेटौँडा – नेपाल जनस्वास्थ्य संघ बागमती प्रदेश कमिटीले नवनियुक्त जनस्वास्थ्य प्रशासकहरूलाई स्वागत गरेको छ । नवनियुक्त जनस्वास्थ्य प्रशासकहरू किरण श्रेष्ठ, डा अन्जु कार्की, सजिना महर्जन र निर्मल घिमिरेलाई एक कार्यक्रमका बिच स्वागत गरिएको हो ।
स्वास्थ्य निर्देशनालयका निर्देशक दीपक प्रसाद तिवारीको प्रमुख आतिथ्यता एवम् नेपाल जनस्वास्थ्य सङ्घका निवर्तमान केन्द्रिय अध्यक्ष एवं स्वास्थ्य आपुर्ति व्यवस्थापन केन्द्रका निर्देशक बसन्त अधिकारीको सभाध्यक्षतामा कार्यक्रम भएको हो ।
कार्यक्रममा स्वास्थ्य मन्त्रालयका योजना तथा जनस्वास्थ्य महाशाखा प्रमुख सागर घिमिरे, स्वास्थ्य निर्देशनालय हेटौडाका बरिष्ठ जनस्वास्थ्य प्रशासक सतिश विष्ट, स्वास्थ्य कार्यालय रसुवाका प्रमुख भिमसागर गुरागाईं, स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालय जनस्वास्थ्य कार्यालय मकवानपुर, जनस्वास्थ्यकर्मी तथा नेपाल जनस्वास्थ्य सङ्घ बागमती प्रदेश समितिका पदाधिकारीहरूको उपस्थिति रहेको थियो । कार्यक्रम नेपाल जनस्वास्थ्य सङ्घ बागमती प्रदेश कमिटीका सचिव लक्ष्मण घिमिरेले सञ्चालन गरेका थिए ।