प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

मकवानपुरमा गुच्चा अड्किएर ५ वर्षीय बालकको मृत्यु

२०७९ पौष २३, शनिबार ०८:४५ बजे

हेटौंडा – मकवानपुरको मनहरी गाउँपालिका–९ ज्यामिरेमा एक बालकको घाँटीमा गुच्चा अड्किएर मृत्यु भएको छ । शुक्रबार साँझ भारतको जम्भुकटुवा घर भई हाल मनहरीको ज्यामिरेमा सिलौटा बस्ने राम कुमार दासको ५ वर्षीय छोरा राम दासको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार घाँटीमा गुच्चा अड्किएपछि सास फेर्न असहज भएर उपचारको लागि भरतपुर सरकारी अस्पतालमा लगेकोमा पुर्‍याउनसाथ चिकित्सकले मृत घोषित गरेका हुन् । शुक्रबार साँझ बालक खेल्ने क्रममा गुच्चा मुखमा हाल्दा घाटीमा अड्किन पुगेको थियो ।