प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

हेटौंडामा ११ तले भ्यु टावर सहितको बहुउद्देस्यीय भवन निर्माण सुरु

२०७८ चैत्र ११, शुक्रबार ०६:०७ बजे

हेटौंडा – हेटौंडा उपमहानगरपालिका वडा नम्बर–४ हुप्राचौरमा निर्माण सुरु भएको बहुउद्देस्यीय भवनको शिलान्यास गरिएको छ । ४७ करोड ९३ लाख ७२ हजार रुपैयाँ लागतमा निर्माण हुन लागेको ११ तले भ्यु टावर सहितको बहुउद्देस्यीय भवनको उपमहानगरपालिकाका मेयर हरि बहादुर महतले शिलान्यास गरेका हुन् ।

कार्यक्रममा बोल्दै मेयर महतले आफुले चुनाब उठ्नु भन्दा अगाडी आम जनतामाझ घोषणापत्र घोषणा पत्र मार्फत उल्लेख गरेअनुसारनै भवन निर्माण गर्न लागिएको बताए । यस भवन निर्माण भएपछी उपमहानगरपालिकाको आन्तरिक श्रोतमा धेरै बृद्धी हुने मेयर महतले बताए । हेटौंडा उपमहानगरपालिकाले पाँच वर्षको अवधिमा धेरै राम्रा गौरबका योजनाहरु निर्माण गरेको र त्यही अनुसार यो योजना पनि रहेको बताए। उपमहानगरपालिकाको लगानीमा हेटौंडामा बस टर्मिनल, हेटौंडा अस्पतालमा डायलाशिस मेसीन, तरकारी थोक बजार, पीप्ले रंगशाला निर्माण लगायतका काम गरिएको बताए । घोषणापत्रमा उल्लेख गरेका भन्दा धेरैनै काम गर्न सफल भएको मेयर महतको भनाई छ ।

हुप्राचौरमा निर्माण हुन लागेको बहुउद्देश्यीय भवनको भ्याट र कन्सल्टेन्सीसहित ९६ करोड ३५ लाख ४४ लाख रुपैयाँ लागत निस्कीएको थियो । त्यस बाहेकमा ठेक्का आव्हान गर्दा ७७ करोड ७६ लाखमा लागत अनुमान गरिएको थियो । कुल लागतमा ३८ दशमलब २८ प्रतिशत घटेर लामा, रसुवा, बानियाँ जेभीले ठेक्का प्राप्त गरर काम सुरु गरेको हो ।

११ तले भवनमा सबै भन्दा मुनी दुई तलाको अण्डरग्राउण्ड, चारतिरबाट लिफ्ट, दुइवटा भ¥याङ, सबै भन्दा माथी भ्यु टावर निर्माण गरिने उपमहानगरपालिका योजना महासाखाका प्रमुख सत्यनारायण साहले बताए । व्यापारिक भवनको सबै भन्दा माथी भ्यू टावरबाट हेटौंडा र आसपासको क्षेत्र सहज रुपमा हेर्न सकिने छ ।

तीन वर्षमा काम सक्नेगरी ठेक्का दिइएको साहले बताए। उपमहानगरपालिकाबाट लिएको काममा गुणस्तर कायम गर्दै समयमा नै सकाउने लामा, रसुवा, बानियाँ जेभीका संचालक ऋसी बानियाँले बताए । हेटौंडा–४ का वडा अध्यक्ष नबिन सिग्देलको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा–१० का वडा अध्यक्ष किताबसिंह लामा, हेटौंडा–१४ का वडा अध्यक्ष दिपक खड्का, उपमहानगरपालिकाका महासाखाका प्रमुखहरु, कर्मचारीहरु, समाजसेविहरु ल्गायतकाको आतिथ्यता रहेको थियो ।