प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

मनकामनाका दर्शन जाँदै गरेको बस दुर्घटना, पाँच जनाको मृत्यु

२०७९ कार्तिक १३, आईतबार ०२:०० बजे

काठमाडौं – पाल्पाबाट मनकामनाका लागि छुटेको बस दुर्घटना भएको छ । तिथालु बोकेको ना६ख ७५८० नम्बरको बस नवलपरासी पूर्वमा दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बस दुर्घटनामा परी पाँच जनाको घटनास्थलमा मृत्यु भएको नवलपरासी पूर्वका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले बताए । अहिले घाइतेको उद्धार भइरहेको उनले बताए ।


दुर्घटनाको सबै विवरणहरु आइसकेको छैन । अहिले उद्धार कार्य जारी छ ।