हेटौंडा – पुर्व पश्चिम सडकखण्ड अन्तर्गत मकवानपुरको हेटौडा उपमहानगरपालिका–१९ नेवारपानीस्थित स्कुलचोकमा बसको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुने मानिस सोहि नेवारपानी बस्ने ७३ वर्षीय मान बहादुर ढकाल रहेका छन् ।
मोरङ उर्लाबारीबाट काठमाण्डौतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००१ ख १३६५ नम्बरको बसले बिहीबार विहान ढकाललाई ठक्कर दिएको हो । ठक्करबाट गम्भिर घाईते भएका उनको उपचारको लागी हेटौडा अस्पताल पठाईएकोमा हेटौडा अस्पताल पुग्नासाथ डाक्टरलले मृत घोषणा गरेको थियो । बस र बस चालक प्रहरीको नियन्त्रणमा रहेको, घट्ना बारे अन्य अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।