प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

मकवानपुरमा स्कुटरले दियो ८० वर्षीय वृद्धलाई ठक्कर

२०७९ भाद्र १३, सोमबार १९:१५ बजे

हेटौंडा – मकवानपुर बकैया गाउँपालिका–४ भिमसेन दमारस्थित धरानचतरा सडक खण्डमा स्कुटरले एक पैदलयात्रीलाई दिएको छ ।

सोमबार हातिसुडेबाट हेटौंडा तर्फ जादै गरेको ना ३७ प १०५० नम्बरको स्कुटरले पैदलयात्री बकैया गाउँपालिका–३ हातिसुडे बस्ने ८० वर्षीय नानिलाल न्यासुरलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

स्कुटरको ठक्करबाट न्यासुरको टाउकोमा चोट लागेर घाईते भएका छन् । उनको स्थानीय क्लिनिकमा सामान्य उपचार पश्चात थप उपचारको लागि चुरेहिल अस्पताल हेटौडा ल्याईएको मकवानपुर प्रहरी प्रवक्ता टेक बहादुर कार्कीले बताए ।