हेटौंडा – मकवानपुरको मनहरी गाउँपालिका वडा नं.८ सिमपानीमा बसको ठक्करबाट एक जना घाइते भएका छन् । घाइते हुनेमा स्थानीय ५५ को राम बहादुर मोक्तान रहेका छन् ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत हेटौंडाबाट चितवन जाँदै गरेको बा ४ ख १९२८ नम्बरको बसले मोक्तानलाई ठक्कर दिएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ । उनको उपचारका लागि भरतपुरतर्फ पठाईएको बताईएको छ ।
ठक्कर दिने बस र चालक प्रहरीको नियन्त्रणमा रहेको छ ।