हेटौंडा – अवैध लागुऔषध सहित मकवानपुरका एक युवा पक्राउ परेका छन् । बारा निजगढ नगरपालिका–१ धनसर पुल नजिकबाट १३ केजी लागूऔषध गाँजा सहित मकवानपुर बकैया गाउँपालिका–३ बस्ने ३३ वर्षीय लाल काजीलाई पक्राउ गरेको हो ।
प्र.३–०२–०१० प ३४९३ नम्बरको मोटरसाइकललाई जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरीले काजीलाई बिहीबार साँझ पक्राउ गरेको हो । जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार पहिचान नखुलेकी एक महिलाले बोकेको झोला जंगलतर्फ फालेर फरार भएपछि सो झोला र काजबोकेको झोला तलासी गर्दा उक्त परिमाणमा गाँजा बरामद भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार फरार महिलाको खोजी भइरहेको छ । बरामद लागुऔष सहित काजीलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।