हेटौंडा – उन्नत लोकतन्त्र पार्टीले हेटौंडामा करार तमसुक सार्वजनिक गरेको छ । हेटौंडा उपमहानगरपालिका वडा नं.४ गरुडपथमा आयोजित कार्यक्रममा मतदाताहरुविच तमसुक सार्वजनिक गरेको हो । तमसुकमा आगामी स्थानीय तह निर्वाचनमा पार्टीका उम्मेद्वारहरुले गरेको प्रतिवद्धताहरु उल्लेख छ ।
प्रतिवद्धता अनुसारको काम विजयी भएपछि नगरेमा फिर्ता बोलाउन पाउने अधिकार मतदातालाई दिइएको छ । प्रतिबद्धता पूरा नगरे जनताले दिएको भोट फिर्ता लिएर पदबाट रिकल (फिर्ता बोलाउन) मञ्जुरी रहेको तमसुक मतदातालाई गरिदिएको पार्टीका केन्द्रीय अध्यक्ष स्वागत नेपालले जानकारी दिए ।
उन्नत लोकतन्त्र पार्टीको तर्फबाट हेटौंडा उपमहानगरपालिकाको मेयर पदमा जिल्ला अध्यक्ष अयोध्या कुमार भट्टराई चुनावी मैदानमा उत्रने छन् । उपमेयरमा भने टुङ्गो लाग्न बाँकी छ ।
कार्यक्रममा प्रमुख अतिथि पार्टीका केन्द्रीय अध्यक्ष स्वागत नेपाल, विशेष अतिथि प्रवुद्ध परिषदका संयोजक तथा वरिष्ठ पाईलट केवि लिम्बु, अतिथिहरुमा प्रवक्ताद्वय रामाराजा आचार्य, साजन विश्वकर्मा पार्टी संगठन विभाग प्रमुख सहित सचिववालय सदस्यहरुको उपस्थित रहेको थियो ।