हेटौंडा – राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) मकवानपुरले हेटौंडा उपमहानगरपालिका–१० मा रहेको संस्कृत वेद विद्यालयको निरीक्षण गरेको छ । बुधबार राप्रपा बागमति प्रदेश कार्यसमिति सचिव गुञ्जन बहादुर न्यौपाने, जिल्ला कार्यबाहक अध्यक्ष सागर थापा , सचिव बिजय सिंह ठकुरी, सहसचिव लक्ष्मण सापकोटा, सह–कोषाध्यक्ष सन्दिप कुमार सापकोटासहितको टोलीले संस्कृत व्यिालयको निरिक्षण गरेको हो ।
राप्रपा प्रदेश सचिव न्यौपानेले निरिक्षणको क्रममा विद्यालयको सम्पुर्ण जिम्मेवारी हेटौंडा उपमहानगरपालिकाले लिएर आवश्यक आर्थिक सेवा सुविधा, पुर्वाधार तथा कर्मचारीको व्यवस्थापन गर्नुपर्ने बताए । हिन्दु धर्मको रक्षा र संस्कृत शिक्षाको पक्षमा रहेको बताउँदै न्यौपाने विद्यालयको स्तरोन्नति, पुस्तकालय स्थापना, यज्ञशालाहरु निर्माण, आवश्यक शिक्षक दरबन्दीको माग गर्न उपमहानगर लगायत सरोकारवाला निकायसंग माग गर्ने बताए ।
त्यस्तै कार्यबाहक अध्यक्ष थापाले विद्यालयको समस्यालाई औल्याउँदै विद्यार्थी बसोवासको लागि तत्काल छात्र बास निर्माण गर्नुपर्ने बताए । उनले अन्य विद्यालयका विद्यार्थीहरुले पाउने सेवा सुविधा यहाँ विद्यार्थीले पनि अनुभुति गर्न पाउनु पर्ने बताए । गम्भीर बिषय धार्मिक क्षेत्रलाई र संस्कृत विद्याथीलाई राज्यले उपेक्षाको दृष्टिकोणबाट हेरेको धार्मिक संगठनका अध्यक्ष लक्ष्मण दाहालले आरोप लगाए । उनले हेटौंडामा संस्कृत विद्यालय भव्य र निःशुल्क अध्ययन गर्ने वातावरण मिलाउन उपमहानगरसंग माग राख्न बताए ।
विद्यालय निरीक्षणमा हेटौंडा उपमहानगरपालिका कार्यसमिति अध्यक्ष अरुण लामा, जिल्ला सचिवालय सदस्य भिम प्रसाद गौतम लगायतको उपस्थिती रहेको थियो । निरीक्षणमा पुगेका राप्रकाका प्रतिनिधिहरुलाई प्रधानाध्यापक साधुराम पोखरेलले विद्यालयको बस्तुस्थिति र समस्याको बारेमा जानकारी दिएका थिए ।