प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

२०८० बैशाख २३, शनिबार ०१:४५ बजे

काठमाडौं – मोबाइल चार्ज गर्दा करेन्ट लागेर पाल्पामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा निल्लाको निस्दी गाउँपालिका–३, झिरुवास खादरकी ५४ वर्षीया उमावती गाहा रहेकी छन् ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार घरमा मोबाइल चार्ज गर्ने क्रममा अचानक करेन्ट लाग्दा गाहा घाइते भएकी थिइन् । घाइते गाहालाई उपचारका लागि रामपुर अस्पतालमा लगिएकामा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।