हेटौंडा – हेटौंडा उपमहानगरपालिकाको मतगणनाका क्रममा मतपत्रमा ‘नो भोट’ लेखेको फेला परेको छ ।
हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ को मतगणनाको क्रममा मतपत्रमा मार्करले ‘मेरो मत, चोर नेतालाई नो भोट’ भनेर लेखिएको फेला परेको हो ।
हेटौंडा–४ मा हालसम्म दुई वटा ‘नो भोट’ लेखिएको मतपत्र फेला परेको छ । मतगणनाको क्रममा यस्तो मत पत्र भेटिएपछि हलमा रहेका उम्मेदवारको प्रतिनिधिहरु माझ हाँसो गुञ्जिएको थियो ।
‘नो भोट’को व्यवस्था हुन पर्ने माग भएपनि त्यो नेपालको निर्वाचनसम्बन्धी कानुनमा ब्यवस्था छैन ।