प्रहर खबर
 २०८३ श्रावण ७, बिहीवार    

कांग्रेस बागमती प्रदेश सभापति बानियाँको वडामा एमाले विजयी

२०७९ जेठ ३, मंगलबार ०४:३३ बजे

हेटौंडा – नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्र बानियाँको वडामा नेकपा एमाले विजयी भएको छ । बानियाँको गृहवडा हेटौंडा उपमहानगर वडा नंबर १८ का वडाध्यक्षमा एमालेका अनिल कुमार बानियाँ विजयी भएका छन् ।

उनी एक हजार १८९८ मत प्राप्त गरी दोस्रो कार्यकालको लागि निर्वाचित भएका हुन् । प्रतिस्पर्धी नेपाली कांग्रेसका नेपाली कांग्रेसका रामबाबु बानियाँले १७२० मत प्राप्त गरेका छन् । बानियाँ यसअघि,२०७४ को स्थानीय निर्वाचनमा पनि एमालेबाट वडा अध्यक्षमा निर्वाचित भएका थिए ।

वडा सदस्यमा दुई वडा सदस्य एमालेले र दुई वडा सदस्य नेपाली काङ्ग्रेसले जितेको छ । एमालेबाट खुल्ला सदस्यमा तोया नाथ तिमल्सिनाले १६१४ र दलित महिला वडासदस्यमा पुजा मग्रातीले १६९२ मत प्राप्त गरी विजयी भएका छन् ।

कांग्रेसबाट खुल्ला सदस्यमा युवराज खतिवडा १७०९ र महिला सदस्यमा विष्‍णु माया थपलिया १७७७ मत प्राप्त गरी विजयी भएका छन् ।