हेटौंडा – मकवानपुरको भीमफेदी गाउँपालिका वडा नं.६ जुरीखेतमा आइतबार कार दुर्घटना हुँदा ५ जना घाइते भएका छन् ।
भीमफेदी–कुलेखानी–काठमाडौं सडकखण्ड अन्तर्गत काठमाडौंबाट वीरगञ्जतर्फ जान आउँदै गरेको बा.१२च ६६५० नम्बरको कार आफै अनियन्त्रित भएर सडकको वायाँ भित्तामा ठोक्किएर दुर्घटना हुँदा ५ जना घाइते भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको छ ।
घाइने हुनेहरुमा काठमाण्डौ दक्षिणकाली नगरपालिका–२ बस्ने बर्ष ३२ को निर्मल बोहोरा, सोही स्थान बस्ने बर्ष ३४ को बिनोद भट्टराई, बर्ष ३० को निरज बोहरा, चालक दक्षिणकाली नगरपालिका–८ बस्ने बर्ष ३४ को सुवित सुबेदी र काठमाण्डौ शंखरापुर नगरपालिका–१ बस्ने बर्ष २९ को श्रीकृष्ण लामिछाने रहेका छन् ।
घाइनेहरुकोे काठमाण्डौ ट्रमा सेन्टरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।सांकेतिक तस्बीर