प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

हेटौंडाको एक वडा कार्यालय तोडफोड

२०७८ चैत्र ४, शुक्रबार १०:२३ बजे

हेटौंडा – हेटौंडा उपमहानगरपालिका वडा नं.८ को वडाकार्यालय तोडफोड भएको छ । शुक्रबार नेपाली कांग्रेस,नेकपा माओवादी,एकिकृत समाजवादी र जनता समाजवादी पार्टीमा आबद्ध कार्यकर्ताहरुले वडा कार्यलयमा तोडफोड गरेका हुन् ।

उनीहरुले कार्यशैलीको विरोध गर्दै वडा अध्यक्ष गोपालबहादुर श्रेष्ठको कार्यकक्षामा तोडफोड गर्नुको साथै तालाबन्दी समेत गरेका छन् । उनीहरुले वडा अध्यक्ष श्रेष्ठ बस्ने कुर्सी सडकमा ल्याएर प्रर्दशन गरेका छन् ।

सेवाग्राहीको काममा ढिलाई गर्ने, दुःख दिने, दिनभर काम नगरेर अन्यत्र जाने, काम गरिदिए बापत एमालेको सदस्यता लिनुपर्ने, चुनाव केन्द्रित भोट संकलन र कमाउ अभियानमा गरेको वडाध्यक्ष श्रेष्ठ कार्यकताहरुको आरोप छ । वडाध्यक्ष श्रेष्ठले व्यवहार सुधार नगरे आन्दोलन जारी राख्ने कार्यकताहरुले चेतावनी दिएका छन् । 

स्थानीय निर्वाचन नजिकिदै गर्दा एमालेबाट निर्वाचित वडा अध्यक्ष श्रेष्ठले गरेको कामलाई दाग लगाउने उदेश्यले विपक्ष दलका नेता कार्यकर्ताहरुले प्रदर्शन गरेको हुनसक्ने एमाले निकट कार्यकर्ताहरुको भनाई छ । प्रत्यक्षदर्शीका अनुसार प्रदर्शनकारीहरुले पेट्रोल समेत ल्याएर कार्यलयमा आगजनी गर्ने प्रयास समेत गरेका थिए ।

तोडफोडको कारण वडाका कार्यालयको फर्निचरहरु क्षति पुगेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक तथा निमित्त प्रहरी प्रवक्ता राज कुमार सापकोटाले दिए ।   यससम्बन्धमा प्रहरीले मुचुल्का तयार गरी घटनाको विषयमा अनुसन्धान गरिरहेको उनले बताए ।